बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

हेटौंडा, मकवानपुर
डा. जनार्दन खड्का

कार्यालय प्रमुख

डा. जनार्दन खड्का

वरिष्ठ माटो विज्ञ
लक्ष्मी दहाल

सूचना अधिकारी

लक्ष्मी दहाल

माटो विज्ञ
9845619607
dahal10laxmi@gmail.com
हाम्रो बारेमा

नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६०.४% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन्। राष्ट्रको कुल ग्राहस्थ उत्पादनको करिब २५.८३% श्रोत पनि कृषि रहेको छ। नेपालमा कृषिको इतिहास धेरै पुरानो भएता पनि लगातार जमिनमा खेतीपाती गर्नाले कृषि कर्ममा प्रमुख मानिने माटो जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्त्वहरुको श्रोत हो, जसको आपूर्ति विभिन्‍न प्राङ्गारिक, जैविक तथा रासायनिक मलहरुबाट गर्ने गरेको भएता पनि माटोको व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गई कृषि फसलको उत्पादन कम भएको महसुस गरी वि.स. २०४९ सालमा नेपाल सरकारले माटो इकाईको स्थापना गर्ने सोच बनायो तर त्यसको दुई बर्ष पश्‍चात वि.स. २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परीक्षण प्रयोगशालाहरुको स्थापना यर्‍यो। जसमध्ये क्षेत्रीय माटो परीक्षण प्रयोगशाला त्रिशुली, नुवाकोट (हाल माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडा, मकवानपुर) पनि एक हो। स्थापना कालमा २ जना अधिकृत, ४ जना सहायकस्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी रहने गरी यसले माटो तथा मल परीक्षण सेवा उपलब्ध गराउन थाल्यो । वि.स. २०६१ को कृषि विभागको नयाँ संरचनामा १२ जना कर्मचारी रहने र वि.स. २०७० को कर्मचारी संरचना अनुसार १३ जना कर्मचारीको जनशक्ति रहने व्यवस्था गरी यसले यो प्रयोगशालाले काम गरिरह्यो । वि.स. २०७२ मा नयाँ संविधान जारी भई मुलुक संघीय संरचनामा गयो र यो प्रयोगशाला तत्कालीन प्रदेश नं. ३ मा रहने गरी कायम भयो ।...


थप हेर्नुहोस्

सम्बन्धित जानकारीहरु
ग्यालरी

© 2024 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

Developed By: Ninja Infosys Pvt. Ltd.